राष्ट्रिय सभाको बैठक : आज ५ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने



काठमाडौं :

राष्ट्रिय सभाको आजको बैठकमा ५ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुँदैछ। दिउँसो २:३१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा छलफल हुन लागेको हो।

राष्ट्रिय सभा बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : १६ बजे