मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक



काठमाडौं ।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।

आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेमंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा गरेको हो।

नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो। मुहम्मद अक्रमले बनाएको १० रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियालाई कम स्कोरमा रोक्न अभिषेक तिवारी एक्लैले पाँच विकेट लिए। ६ ओभर बलिङ गरेका अभिषेकले १ मेडन राख्दै मात्र ७ रन दिए। सन्तोष यादवले ३ विकेट झारे। ३ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ९ रन खर्चे। सागर गैरे र अशोक धामीले समान १ विकेट आफ्नो नाममा गरे। ट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ५४ बजे