काठमाडौं :
नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सोमबार प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार प्रतितोला चाँदीको मूल्य १३७० रुपैयाँ तोकिएको थियो।
प्रतिक्रिया