काठमाडौं ।
साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ।
अमेरिकी समयअनुसार आइतबार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
एक महिनाअघि पारिवारिक भेटघाटका लागि साहित्यकार खरेल अमेरिका गएका थिए।
झापाको मेचीनगर वडा नं. ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा रहेको छोरा प्रयासले बताए।
उनकी छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुन्।
अमेरिका गएको केही समयपछि ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि बिरामी भएको र पछिल्लो समय भेन्टिलेटरमा राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार भइरहेको छोरा प्रयासले जानकारी दिए।
उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी नाटक लगायतका थुप्रै कृति प्रकाशित छन्।
प्रतिक्रिया