काठमाडौं ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए।
यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पनि पक्राउ गरिएको थियो।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया