इलाममा आगलागी हुदा सात घर जलेर पूर्णरुपमा नष्ट



इलाम– इलाममा आगलागीबाट सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीबाट सात घर नष्ट भएका हुन् । ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीबाट अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ रहेकाका कारण धेरै घरमा क्षति भएको हो । गए राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा भएका अधिकांश समान पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

विधुत सर्ट भई आगलागी भएको र करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ५६ बजे