काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ। अख्तियारले जलहरीमा राखिएको एक सय ७ किलो ४ सय ६८ ग्राम सुन जोखेको छ । सुन जोख्ने स्थानमा खटिएका पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले जलहरीमा राखिएको एक सय ७ किलो ६८ ग्राम जोखिएको जानकारी दिए । उनकाअनुसार राति सवा एक बजेसम्म सुनको तौल लिइएको थियो ।
अख्तियारको टोलीका साथै खानी तथा भूगर्भ, पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ र सुरक्षा निकायका प्रतिनिधिहरुसम्मिलित टोलीले जलहरीको सुनको तौल लिएको हो । अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ। सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो। जलहरीमा प्रयोग भएको सुनमध्ये १०७ केजी ९५३ केजी सुन अहिले पाइएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो।
प्रतिक्रिया