रुपन्देहीमा करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ



रुपन्देही ।

सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

नेपाल-भारत सीमानाका अन्तरगत रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह नाकाबाट शसस्त्र प्रहरीले सुनको इट्टा बरामद गरेको छ । चेकजाँचका क्रममा सुन जस्तै (सुनको ईट्टा) देखिने वस्तु फेला परेको हो । नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा विशेष सुराकीको आधारमा चोकजाँच गर्दा उक्त वस्तु फेला पारेको हो ।

सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बिओपी बयरघाटले शनिबार राती ९:३० बजेको समयमा कारमा राखेर सीमानाका पार गर्दै गरेको अवस्थामा सो वस्तु फेला पारेको शसस्त्र प्रहरीले जनाएको छ । बा.१२ च.३८२० नम्बरको को मारुती सुजुकी कारमा राखेर भारत लैजाँदै गर्दा इट्टा आकारको २ थान सुन जस्तो देखिने पदार्थ बरामद गरेको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा चेकजाँचका क्रममा फेला परेको सो सामान भैरहवा भन्सार कार्यालय बुझाइएको थापाले । अन्दाजी २ केजी तौल रहेको उक्त बस्तुको मुल्य अन्दाजी करिब २ करोडको रहेको स्रोतको दाबी छ । सम्भवत रुपन्देही नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको यो नै सबैभन्दा ठुलो परिमाणको सुन भएको पनि स्रोतको भनाई छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : २४ बजे