ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु



काठमाडौँ– ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नम्बर ८ जनजाति बस्ती (गुरुङ बस्तीमा) पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। पहिरोले १५ वटा घर बगाएको छ।

बिहीबार राति ११ बजे गएको पहिरोले २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

उनका अनुसार स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश गुरुङ र डेढ वर्षकी कविताको मृत्यु भएको हो।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिएका छन् । फाइल फोटो

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५३ बजे