वर्षाका कारण यी ठाउँमा सडक अवरूद्ध छ आज



वर्षाका कारण आएको बाढी र पहिरोले देशभरिका विभिन्न राजमार्गमा अवरोध भएको छ।

पहाडी भू-भागका धेरैजसो सडकमा पहिरो खसेर सडक अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लामा सडक अवरूद्ध रहेको जानकारी दिएको छ।

कहाँ-कहाँ छ सडक अवरोध

कोशी प्रदेशः

पाँचथरः फिदिम न.पा.४ , तमोर करिडोर सडक खण्ड

पाँचथरः फिदिम न.पा.४ र हिलिहाङ गा.पा.७, मेची राजमार्ग सडक खण्ड

संखुवासभाः धर्मदेवि न.पा.-८, ठूलो अकरको भिर, लेगुवा खाँदबारी सडक खण्ड

बागमती प्रदेशः

चितवनः ईच्छाकामना गा.पा.-५ , तिन नं. पुल, नारायणगढ मुग्लिङ सडक खण्ड

दोलखाः गौरीशंकर गा.पा.-८, मन्थली, चरिकोट लामाबगर सडक खण्ड

ललितपुरः पहिरोः ललितपुर म.न.पा.-३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोक पथमा एकतर्फी खुलेको

गण्डकी प्रदेशः

पर्वतः जलजला गा.पा.-७, केराबारी, बेनी-मालढुङ्गा सडक खण्ड

लुम्बिनी प्रदेशः

पाल्पाः तानसेन न.पा.५, तिनलाँकुरी, पाल्पा-गुल्मी पक्कि सडक खण्ड

अर्घाखाँची- सितगंगा न.पा.२, भुवनपाटा, गोरूसिङ्गे सन्धिखर्क सडक खण्ड

सुदूर पश्चिम प्रदेशः

अछामः बान्निगढीजयगढ गा.पा. ४, कचरेटी खोला, मंगलसेन-साँफे सडक खण्ड

दार्चुलाः शैल्यशिखर न.पा.-६, पनेबाँज र मालिकार्जुन गा.पा.४ तेर्छालेक, गोकुलेश्वर-दार्चुला हाइवे सडक खण्ड

बैतडीः सुर्नया गा.पा.वडा.न.८ आलुगैरा, जय पृथ्वी राजमार्गमा खोडपे बझाङ सडक खण्ड

मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्कनुअघि नजिकैको वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ११ : ३५ बजे