‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो,अरू काम मसँग सम्बन्धित विषय होइन’ : केपी शर्मा



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको भन्दै ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि’, उनले भने।

ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ओरालो गतिमा लागेको बताएका छन्। स्वार्थमा रुमलिएको कारण सरकार गठबन्धनकै कारण नटिक्ने उनको भनाइ छ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले देश बनाउने संकल्प छोडेर स्वार्थमा लागेको आरोप लगाउँदै सत्ता गठबन्धन स्वार्थको गठजोड भएको ब्यङ्ग्य गरे।

‘यहाँ देश बनाउने संकल्पभन्दा स्वार्थको गठजोडहरूको स्वार्थ छ। स्वार्थको गठजोड फुट्ने गरी टकराउँदैन तबसम्म यो सरकार चल्छ,’ उनले भने।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ६ : ५३ बजे