बालुवाटार जग्गा प्रकरणमा चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं ।

काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : ०५ बजे