काठमाडौं :
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य जानकारी दिएकी छन् ।
यस्तै बैठक बाट बाहिरिने क्रममा उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका बिष्णु पौडेलले ‘सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर टिप्पणीका कारण यो सरकारमा बसिरहनु उचित हुने हामीले देखेनौं’, उनले पत्रकारसँग भने ।
परराष्ट्रमन्त्री विमला राई पौडेललाई मन्त्रीको रुपमा जेनेभा जानबाट रोक्नु, एमाले प्रतिपक्षमा जाओस् भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै अभिव्यक्ति दिएकाले एमाले सरकारबाट बाहिरिएको पौडेलले जानकारी दिए।
राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले अन्य ८ दलको गठबन्धन बनाएपछि एमाले एक्लिएको हो।
प्रदेश सरकारबाट के गर्ने भन्ने निर्णय भइसकेको छैन।
प्रतिक्रिया