काठमाडौं : बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।
नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो। तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पलिलाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन्।
पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए। जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए। पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो ।
उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।
तस्विर – भोज राज थापा र सागर भुसाल
प्रतिक्रिया