सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले सुवास नेम्बाङ लाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

उनलेले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ११ : १८ बजे