काठमाडौं । राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै दिएको निवेदनमा आज अदालतले आज निर्णय नलिएपछि सो सम्भावना टरेको हो ।
सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेश गरेर आइतबारका लागि पेशी तोक्न भनेको हो।
सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै युएई जान नपाउने भएका छन्। नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ।
जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश हुने नहुने भन्ने टुंगो लाग्न समय लाग्ने भएको हो।
प्रतिक्रिया