गुलमर्ग :
कश्मीरको गुलमर्गमा बाक्लो हिउँ परेपछि पर्यटकको चहलपहल बढेको छ । यो कश्मीर उपत्यकाको प्रसिद्ध पर्यटक गन्तब्यस्थल पनि हो । गुलमर्ग पश्चिमी हिमालयको पीर पञ्जाल दायरामा अवस्थित रहेको छ ।
हिउँले ढाकिएको विश्व प्रसिद्ध गुलमर्गको स्की रिसोर्टको मनमोहक सौन्दर्यले पर्यटन उद्योगलाई टेवा दिँदै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षित गरेको छ । पर्यटकहरू हिउँमा हिड्दै र स्नोबलसँग खेलिरहेको देखिएका छन्।
यसैबीच, गुलमर्गका होटलहरू खचाखच भरिएका छन्, र पसल, स्कीइङ प्रशिक्षक, ट्याक्सी अपरेटर र स्लेज मालिकहरू लगायत यस व्यापारसँग सम्बन्धित व्यक्तिहरूले पनि राम्रो व्यापार गरिरहेका छन्।
प्रतिक्रिया