भारतको मणिपुरले मार्चमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै



इम्फाल :

भारतको मणिपुरले मार्चमा पहिलो अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उत्कृष्ट फुटबल खेलाडी उत्पादनका लागि चिनिएको मणिपुरले अर्को महिना खुमान लम्पक रंगशालामा भारतीय टोलीसहित म्यानमार र किर्गिस्तानको सहभागिता रहेको त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा आयोजना गर्न लागेको हो ।

रिपोर्टका अनुसार खेलहरू मार्च २२, २४ र २६ मा खेलाइनेछन् । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले इतिहासमा पहिलो पटक मणिपुरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्न पाउनु एउटा ठूलो कुरा भएको बताएका छन् ।

वीरेनले मणिपुर सरकारले प्रतियोगिताको सफल आयोजनामा कुनै कसुर बाँकी नराख्ने बताए । खेलहरु ३५ हजार क्षमताको खुमान लम्पक रंगशालामा आयोजना हुनेछन् । यहाँ आइ—लिगका खेलहरू आयोजना हुँदै आएको छ। यो त्रिदेशीय मैत्री प्रतियोगिता भारतले अर्को वर्ष हुने एसिया कपको तयारीका लागि फिफा अन्तर्राष्ट्रिय विन्डोमा खेल्ने खेलहरूको शृङ्खला हो।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ३० बजे