काठमाडौं :
ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. भन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत उनीहरूलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
गएराति घरमा ग्यास सिलिन्डर पड्किँदा नेता भण्डारी र उनकी आमा गम्भीर घाइते भएका हुन्। सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ।
‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्।
सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलगायतले अस्पताल नै पुगेर जानकारी लिएका थिए।
प्रतिक्रिया