चिनियाँहरु झुटो बोल्ने गरेको उत्तर कोरियाली नेता किम जोङ भनाईः पूर्व अमेरिकी विदेशमन्त्री पोम्पेओ



वाशिंगटन :

पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले आफ्नो नयाँ संस्मरणमा उत्तर कोरियाली नेता किम जोङ–उनले आफूलाई चीनको प्रभुत्वबाट जोगाउन दक्षिण कोरियामा अमेरिकी सेना चाहिन्छ भनेर एक पटक भनेको बताएका छन्।

‘नेभर गिभ ए इन्च, फाइटिङ फर द अमेरिका आइ लभ’ शीर्षकको आफ्नो नयाँ संस्मरणमा पूर्व अमेरिकी मन्त्रीले उक्त कुरा खुलाएका छन् । कोरिया टाइम्स अनुसार उत्तर कोरिया र यसका नेता किम जोङ—उन दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थितिबाट चिन्तित नभएको पोम्पेओले लेखेका छन् ।

पोम्पीओले चिनियाँ कम्युनिष्ट पार्टीले उत्तर कोरियाली नेताले दक्षिण कोरियाबाट अमेरिकी फोर्स कोरिया (यूएसएफके) फिर्ता गरून् भन्ने कुरा बारम्बार गरिरहेको बताए । यसबारे किमले चिनियाँहरुले झूटो बोलेको लेखेका छन् ।

यस्तै, संस्मरणले किमले चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउन दक्षिण कोरियामा अमेरिकी सेना चाहिने बताएको लेखेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०२ बजे