दक्षिण कश्मीरका दुई मार्शल आर्ट खेलाडीहरू साउथ च्याम्पियनशिपका लागि छनौट



श्रीनगर :

दक्षिण कश्मीरको त्राल उप(जिल्लाका दुई मार्शल आर्ट खेलाडीहरू साउथ च्याम्पियनशिपका लागि छनोट भएका छन्। यसरी दुई खेलाडीको छनौटको विषयलाई लिएर स्थानीयले ठूलो खुसी व्यक्त गरेका छन् । कश्मीर भारतको एउटा यस्तो ठाउँ हो जहाँ युवाहरूमा हरेक क्षेत्रमा प्रशंसनीय प्रदर्शन गरिराखेका छन् ।

यस क्षेत्रका धनी परिवार वा पहुँचवाला व्यक्तिको परिवार केही हदसम्म अगाडि बढिरहे पनि गरिब र दुर्गम पहाडी क्षेत्रका बालबालिका निकै सक्षम भएर पनि अवसरबाट बञ्चित रहेका छन् । भारतीय सरकारले सन् २०१९ बाट पहिलो पटक दुर्गम क्षेत्रका युवाहरूमा ध्यान केन्द्रित गर्न थालेको थियो। उनीहरूका आवश्यकता र रुचिहरू पूरा गर्न विभिन्न सरकारी विभागहरू परिचालन गरिएको छ।

सरकारले ग्राउन्ड स्तरमा बालबालिका र युवाहरूलाई सम्पर्क गर्ने काम गर्न थालेको छ । यसले त्यस क्षेत्रको बालबालिको पहँुच केही हदसम्म सहज भएको छ । सरकारले विभिन्न कार्यक्रम सुरु गरेको छ भने अर्कोतिर कश्मीर उपत्यकामा सरकारले मान्यता पाएका एकेडेमीलाई खेलकुद परिषद्को सहयोग रहेको छ ।

पछिल्लो समय बालबालिकामा विभिन्न खेलकुदमा रुचि बढेको छ र राम्रो तालिमको फलस्वरूप यहाँका बालबालिकाले गाउँ छोडेर तीन वर्षमै सपना देखेको ठाउँमा पुगेका छन् । यी खेलाडीका लागि सरकारले विभिन्न व्यवस्था गरेको छ । विभिन्न खेलका प्रशिक्षकहरूले यस क्षेत्रका खेलाडीहरूलाई राम्रो तालिम दिएका छन्, जुन उनीहरूले यूटी र राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सहभागी हुन थालेका छन् । । बालबालिकाले ठूला प्रतियोगितामा भाग लिन थालेका छन् ।

दुई खेलाडी दक्षिण एसियाली च्याम्पियनसिपमा प्रवेश गरेका छन् । कश्मिरको गाम्रिण क्षेत्रको त्राल निवासी १४ वर्षिय अदिबा युनिस र लुरो जगिरत्राल निवासी ९ वर्षीय मञ्जुर खान। दुवै जना विगत दुई वर्षदेखि दक्षिण कश्मीरको त्रालस्थित मार्शल आर्ट एकेडेमीमा तालिम लिइरहेका छन्।

दुवै जना जारी दक्षिण एसियाली च्याम्पियनसिपका लागि छनोट भएका हुन् । हालै जम्मुमा भएको २३औँ राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दुवैले नेपालमा आयोजना भएको च्याम्पियनसिपमा स्थान बनाएका हुन् । उपत्यकाको यस दुर्गम क्षेत्रसँग सम्बन्धित, मार्शल आर्टका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन देखाएर जम्मूमा ठूलो प्रशंसा जितेका छन् र खेल विशेषज्ञहरूले यी बच्चाहरूको क्षमताको धेरै प्रशंसा गरेका छन्।

मजकौरा क्षेत्रका कुनै खेलाडीले यस किसिमको च्याम्पियनसिप सहभागी भएको यो पहिलो पटक हो । दुवै युवा खेलाडीले आफुहरु धेरै मेहनत गरेर जम्मु कश्मीर र देशको नाम गौरव गर्ने बताए । आफूहरु निकै खुसी रहेको उनीहरुले बताए । ‘हामीले यो अवसर पाएका छौं। हाम्रो लागि यो सम्भव भएकोमा हामी सरकारप्रति आभारी छौं। जुनसुकै क्षेत्रका खेलाडीले आफ्नो क्षमताका आधारमा जुनसुकै ठाउँमा खेल्न सक्ने गरी सरकारले हामीलाई सुविधा दिएको छ ।” यो च्याम्पियनसिप फेब्रुअरी ३ देखि ५ सम्म भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ३८ बजे