काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्ड, देउवा र ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
उनीहरुबीच राष्ट्रिय सहमतिको सरकार निर्माणका बिषयमा छलफल भइरहेको छ । आइतबार रवी लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको थियो । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सो निर्णयपछि रास्वपाका सबै मन्त्रीले राजिनामा पनि दिएका थिए । रास्वपा सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि ती दलका शिर्ष नेता छलफलमा बसेका हुन् । राष्ट्रिय सहमतिको सरकारको लागि माओवादी र कांग्रेस तयार छन् भने एमालेलाई मनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया