काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन्।आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले कांग्रेसलाई निशाना साँधेकाहुन्।
उनले कांग्रेस पटक पट सत्तामा आउँदा देश विकासबारे सोच्दै नसोचेको पनि बताएका छन्। कांग्रेसले देश विकास सोचेको पनि छैन, देखेको पनि छैन र पढेको छैन’, उनले भने, ‘उहाँहरुकै अभिव्यक्तिले त्यो कुरा पुष्टि गरिरहेको छ।’
उनले अहिलेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राष्ट्र समृद्ध बनाउन लागिरहेको बताएका छन्।
‘राष्ट्र समृद्ध बनाउने र जनतालाई सुख दिने काम हामी गर्छौँ’, उनले भने, ‘चाहिएको त्यही हो। देशको विकास र गरिबी निवारण, सुशासन र भ्रष्टचाचार नियन्त्रणमा हामी लाग्छौँ। हो त्यही चिज यो सरकारले गर्छ।’
उनले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्न पनि कांग्रेसलाई चेतावनी दिए। ‘यो सरकारलाई तलमाथि गर्ने प्रयास लोकतन्त्र र जनताको पक्षमा पनि छैन’, उनले भने, ‘राम्रो काम गरेको अर्को वैकल्पिक शक्ति पनि छैन। त्यसैले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्नू।’
सदनमा कांग्रेसका व्इवहार संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भइरहेको छ। मन मानिरहेको छैन्। तर, प्रतिपक्षमा बस्नैपर्ने बाध्यता पनि बनिरहेको छ।
यतिबेला कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाएर बसेको छ,’ उनले भने। ओलीले यसो भनिरहँदा सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका कांग्रेस सांसदहरु मुसुमुसु हाँसिरहेका थिए।
अध्यक्ष ओलीले कांग्रेस सत्ताबाहिर आफ्नो अस्तित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २०५२, ०५८ र ०७२ सालका घटना क्रमहरूबाट अनुभव बटुलेकाले राष्ट्रलाई अस्थीरतातर्फ धकेल्ने चिन्तनतर्फ नलाग्न आग्रह गरे। अध्यक्ष ओलीले स्वस्थानीको जालन्धर जस्तो नबन्न देउवालाई आग्रह गरे।
‘सत्ताबाहिर रहँदा सत्तामा विग्रह रहने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेसका साथीहरूसँग राम्रौ छ। मेरा मित्र हामी बृहत्तर हितमा काम गरौँ। राजनीतिक स्थिरताका लागि काम गरौं। कोही पनि जालन्धर नबनौं। स्वस्थानीको सिजन छ। २०५२, ०५८ र ०७२ सालका अनुभव हामीसँग राम्रै छन्। अब राष्ट्रलाई अस्थीरतातर्फ धकेल्ने चिन्ततर्फ कसैको हित हुँदैन। हित हुन्छ धमिलो पानीमा माछा मार्नेहरुको। जनता सचेत भइसकेका छन्,’ उनले भने।
प्रतिक्रिया