काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन्।आइतबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै ओलीले कांग्रेसले देशको राजनीतिलाई अस्थिर बनाउन खोजेको आरोप लगाए।
ओलीले नेपाली कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका छन्। ओलीले सत्ता गुमाएको कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका हुन्।
‘सदनमा कांग्रेसका व्इवहार संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भइरहेको छ। मन मानिरहेको छैन्। तर, प्रतिपक्षमा बस्नैपर्ने बाध्यता पनि बनिरहेको छ।
यतिबेला कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाएर बसेको छ,’ उनले भने। ओलीले यसो भनिरहँदा सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका कांग्रेस सांसदहरु मुसुमुसु हाँसिरहेका थिए।
अध्यक्ष ओलीले कांग्रेस सत्ताबाहिर आफ्नो अस्तित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २०५२, ०५८ र ०७२ सालका घटना क्रमहरूबाट अनुभव बटुलेकाले राष्ट्रलाई अस्थीरतातर्फ धकेल्ने चिन्तनतर्फ नलाग्न आग्रह गरे। अध्यक्ष ओलीले स्वस्थानीको जालन्धर जस्तो नबन्न देउवालाई आग्रह गरे।
‘सत्ताबाहिर रहँदा सत्तामा विग्रह रहने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेसका साथीहरूसँग राम्रौ छ। मेरा मित्र हामी बृहत्तर हितमा काम गरौँ। राजनीतिक स्थिरताका लागि काम गरौं। कोही पनि जालन्धर नबनौं। स्वस्थानीको सिजन छ। २०५२, ०५८ र ०७२ सालका अनुभव हामीसँग राम्रै छन्। अब राष्ट्रलाई अस्थीरतातर्फ धकेल्ने चिन्ततर्फ कसैको हित हुँदैन। हित हुन्छ धमिलो पानीमा माछा मार्नेहरुको। जनता सचेत भइसकेका छन्,’ उनले भने।
उनले बुढो बाघको कथा सुनाए । उनको कथा यस्तो छ, एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएको रहेछ । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।
एमाले अध्यक्ष ओलीले हाँस्दै अघि भने, ‘साथीहरु बाला देखाइरहनु भएको छ ।’
‘कांग्रेसलाई आफू प्रतिपक्षमा छु भन्ने लागेकै छैन। सत्ता नहुँदा अहिले कांग्रेस पानी बाहिरको माछाजस्तो भइरहेको छ,’ ओलीले भने।
कतिपय कांग्रेसीहरूलाई आफू नै लोकतन्त्रको पर्यायवाची भएको भ्रम रहेको पनि उनले बताए।
‘कतिपय कांग्रेस नेताहरूलाई लोकतन्त्र भनेको कांग्रेस हो र कांग्रेस भनेको लोकतन्त्र हो भन्ने भ्रम छ,’ ओलीले भने,‘आफूले गरेका जस्तासुकै अलोकतान्त्रिक काम पनि लोकतान्त्रिक ठान्ने र अरूका जतिसुकै राम्रा कुरालाई अलोकतान्त्रिक भन्ने चरित्र छ।’
ओलीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई सरकारलाई विश्वासको गरेको भन्ने ठान्न नसकिने बताए।
प्रतिक्रिया