काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ। बिहीबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिनेसमेत बताउनु भएको छ।
उहाँले भन्नुभयो, ‘‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन।’’
उहाँले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो। आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारका लागि सरेको छ।
सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।
प्रतिक्रिया