काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि राष्ट्रिय टोलीमा बोलाइएको हो ।
राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।
चौधरीले भने, ‘ मैले निलम्बन फुकुवा भएपछि उनलाई नेपाली टोलीबाट खेल्ने बाटो खुलेको छ । उनी नेपाली क्रिकेटका महत्वपूर्ण खेलाडी हुन् ।’
सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए । सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन । सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।
प्रतिक्रिया