९ केजी सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् । एक क्यानेडियन नागरिकलाई ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

दुबईबाट नेपाल आउँदै गरेका ती नागरिकको साथबाट ९ केजी १३५ ग्राम सुन पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

आठ वटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन कम्मरमा फल्स बटन बनाएर बोकेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थिए।

पक्राउ परेका महमदलाई केएमसी अस्पताल सिनामंगलमा मेडिकल जाँच गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : १९ बजे