भियतनामको लाङ सन प्रान्तले चीनबाट आउने सबै नागरिकको कोभिड टेष्ट गर्ने



हनोई–

भियतनामको लाङ सन प्रान्तले चीनबाट यस प्रान्तमा आउने ै नागरिकको कोभिड–१९ को परिक्षण गर्नै भएको छ । ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू भएका नागरिकको कोभिडको परिक्षण गर्ने भियतनामी अखबार भीएनएक्प्रेसले जनाएको छ ।

प्रिभेन्टिभ मेडिसिन महाशाखाका उपप्रमुख न्गुएन लुओङ तामले लाङ सन स्वास्थ्य विभाग र अधिकारीहरूसँगको भेटमा उक्त कुरा बताएका हुन्। भविष्यमा कोभिड–१९ बाट बच्नका लागि सीमानाका गेटमा नै सबै शंकास्पद बिरामीको द्रुत परीक्षण आवश्यक छ,’भीएनएक्सप्रेस पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।

भियतनामले पछिल्लो समय चीनबाट यात्रुहरुलाई निरुत्साहित गर्दै आएको छ । पछिल्लो समय चीनमा कोभिड संक्रमणको वृद्धि दर उच्च रहेको एबीसी न्यूजले जनाएको छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले चीन र हङकङ तथा मकाउबाट अमेरिका आउने सबै यात्रुहरूको नेगेटिभ कोभिड परीक्षण आवश्यक रहेको बताएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : ३३ बजे