काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।
सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका लामिछानेले मन्त्रालयबाट बाहिरिने क्रममा आफू अदालतको फैसलालाई स्वागत गर्ने बताएका हुन् ।
सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।
सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, एउटा अनागारिकलाई किन प्रश्न गरिरहनुभएको छ।अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु। पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन। एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ।
रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।
साथै सर्वोच्चले नागरिकता पुन प्राप्ति नगरेकाले लामिछाने चितवन २ मा उम्मेदवारै हुन पाउने अवस्थामा उमेद्वारी दिएको फैसलामा उल्लेख छ।
‘निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कामय गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ।
साथै संविधान र कानूनको व्याख्यासम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्नसमेत सन्निहित रहेको पाइएको भन्दै निवेदकले निर्वाचन अधिकृत समक्ष दिएको उजुरको तथ्य तथा कानूनी आधारमा प्रवेश गरी निर्वाचन आयोगबाट निर्णय भएको अवस्थासमेत नदेखिएको सर्वोच्चको भनाइ छ।
रविले २०५० सालमा नेपाली नागरिकता लिएको, २०७० सालमा अमेरिकी नागरिकता लिएको र त्यसपछि २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिई २०७५ साल असार १४ गते अमेरिकी नागरिकता त्यागेको देखिएको फैसलामा उल्लेख छ।
प्रतिक्रिया