काठमाडाैँ – लाेकदाेहाेरी गायक भीम पाैडेलकाे निधन भएकाे छ। चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका स्याङ्जाका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा निधन भएकाे हो ।
पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृत्युकाे कारण भने खुल्न बाँकी छ। उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्।
लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय भीमले दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए। गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन्। लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय भीमले दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका थिए।
भीमलाई सम्झँदै अध्यक्ष विजी भन्छन्, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णाय थिएँ। राम्रो प्रतिभा भएको मान्छे हो। रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षती बेहोरेको बताउँछन्। भन्छन्, ‘भीम शालीन स्वभावको प्रतिभावान गायक हुन्। उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो।’
माघ १ गते पाेखरामा भएकाे यतिकाे जहाज दुर्घटनामा परी निधन भएकी गायिका निरा छन्त्यालकाे निधनपछि फेरि अर्काे गायक गुमाउनु परेकाेमा इन्द्रेणीका कृष्ण कँडेलले दु:ख व्यक्त गरेका छन्।
प्रतिक्रिया