जनक शिक्षा सामाग्री केन्द्र मासेको भन्दै अनेरास्ववियुद्वारा शिक्षामन्त्रीकाे पुत्ला दहन



काठमाडौं : जनक शिक्षा सामाग्री केन्द्र मासेको भन्दै नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुद्वारा शिक्षामन्त्री शिशिर खनालकाे पुत्ला दहन गरेकाे छ । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियुले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो।

शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियुको आरोप छ। आगामी शैक्षिक सत्रमा कक्षा १-५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने निर्णय गरेसँगै यसकाे विराेधमा उ‍त्रिएका हुन्।

यसअघि यी सबै पुस्तक जनक शिक्षाबाटै छापिन्थे।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ३१ बजे