एजेन्सी । बैज्ञानिक असुन्धान र त्यसको विकाशले अकल्पनिय कामहरु पनि सम्भव भइरहेका छन् । मंगल ग्रह र चन्द्रमा जानु अब बिस्तारै सामान्य बन्दै गइरहेका बेला बैज्ञानिकहरुले मानिसलाई बुढो हुन नदिने उपायको रातदीन गरेर खोजीरहेका छन् ।

अनुसन्धानमा संलग्न क्यालिफोर्नियाको साल्क इन्स्टिच्युट वैज्ञानिकका अनुसार अब मानिसहले क्यालेन्डरको हिसाबले उमेर बढेपनि मानिसहरुको छालामा कहिले पनि चारउरी नपर्ने वैज्ञानिकले दाबी गरेका छन् ।

क्यालिफोर्नियाको साल्क इन्स्टिच्युट वैज्ञानिकले मानिसहरु कहिले पनि बुढो हुनु नपर्ने बताएका छन् । क्यालिफोर्नियाको साल्क इन्स्टिच्युट वैज्ञानिकका अनुसार यो अनुसन्धान सुरुवाती अवस्थामा रहेपनि यो अनुसन्धानमा उनीहरुले सफल हुने दाबी गरेका छन् । जसका कारण मानिसको शरिरलाई पनि कम्प्युटरको जस्तै प्रोग्राम गर्न सकिन्छ ।

यो प्रोग्रामलाई वै्रज्ञानिकले ‘सेल्युलर प्रोग्रामिङ’ को नाम दिइसकेका छन् । साल्क इन्स्टिचयुटका बैज्ञानिकले मानवीय छालामुनी प्रोटिनको एउटा अचम्मको तहलाई बुढेसकालमा गायब हुन नदिने उपायको खोजी गरिरहेका हुन् ।

तपाईको प्रतिक्रिया