एजेन्सी । यतिबेला सामाजिक संजाल र अनलाईन मिडियामा ५ वटा बच्चालाई जन्म दिने सुन्दरी आमाको चर्चा उत्कर्षमा रहेको छ ।

यो प्रसंग हो अमेरिकाको एरिजोनाको फिनिक्स शहरको । जहाँका मारग्रेट बाउडिनेट र उनका श्रीमान माइकलले गत डिसेम्बर ४ तारिखमा डिग्निटी हेल्थ सेन्ट जोसेफ अस्पताल र मेडिकल सेन्टरमा एकैसाथ चार छोरी र एक छोरालाई जन्म दिएपछि उनीहरु उकपछि अर्को गर्दै हिट भइरहेका छन् । विभिन्न अन्तरवार्ता, भेटघाटका कारण । उनीहरुले भिडियो एक्सले गर्दा ५ वटा बच्चा भएको निश्चित भएपछि भर्जिनियाको यो जोडी डा। जोन इलोइट ९मल्टिपल–बर्थ प्रेगनेन्सीका विशेषज्ञ० सँग उपचार गराउनका लागि अस्थायी रुपमा एरिजोना बसाईं सरेका थिए ।

प्रत्येक सन्तानलाई २४ डाक्टरको एक समूहले १७ मिनेटमा निकालेपछि १२१ वर्षको इतिहासमा यो पहिलो घटना बन्न पुग्यो । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य भएपछि बच्चाहरुको तौल भने जम्मा १ केजी मात्रै रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया