ताजा खबर काठमाडौँ । पूर्वेली गायिका मिना राईले गायनमा प्रवेश गरेको करिब ३ वर्ष भयो । यसबिचमा उनले दुई दर्जन भन्दा बढी गीतमा स्वर दिएकी छिन् । लोक आधुनिक गीतमा नै बढी डुबेकी यि गायिका भन्छिन् गायनमा संघर्षरत नै छु ।


चाँडै ने कोरिया, दार्जलीगं लगायतका स्थानहरुमा कन्सर्टमा ब्यस्त यि गायिका गीत संगीतमा नै मरीमेटेर लागेकी छिन् । अवसरको खोजीमा रहेकी गायिका राईले आफ्नो नयाँ एल्बम ल्याउने तयारीमा छिन् ।

जुन उनको दोस्रो एल्बम हुनेछ । सबैले चञ्चले जिस्काउनेको ओइरो, डोली चढाई लान्छन् अरे मलाई फकाउनेको धुइरो बोलको फास्ट प्यार्टनको गीत दिएकी गायिकाका फेबरेट गायक राजेश पायल राई हुन् ।

तपाईको प्रतिक्रिया