एजेन्सी । तस्विरमा तपाइले देखेको बाइक कुनै जादुगर बाइक होइन यो बाइक रुख काट्न, सिँढी चढ्न र हिलोमा काम गर्नका लागी रसियामा प्रयोगमा आएको बायक हो ।

फिल्ममा मात्रै देखिउका यस्ता दृश्यहरु अब बास्तविक जीवनमा नै देखने भउका छन् । यो बाइकका विशेषताले मानिसहरुको होस उडाइदिएको छ । टरस नाम भएको यो बाइकलाई रुसमा बनाइएको हो । हेर्दा निकै गह्रुँगो र भद्दा देखिने यो बाइक वास्तवमा निकै हल्का छ ।

यो यति हल्का छ कि यसलाई स्वस्थ व्यक्तिले आरामसँग उठाउन सक्छ । जसको माग दिनानुदिन विश्वका अन्य देशहरुमा पनि बढ्दै गउको छ । यो बाइकलाई पट्याएर झोलामा राखेर बोकेर हिँड्न मिल्छ ।

तपाईको प्रतिक्रिया