ताजा खबर:- सधैँ स्वस्थ रहनका लागि दिनभरि कुनै न कुनै नियम अपनाउनुपर्दछ । यिनको बारेमा आयुर्वेदमा अत्यधिक रूपमा विस्तारमा बताइएको छ । यदि हामी दैनिक जीवनमा यी कुरालाई अपनाउन सकेमा कयौँ रोगहरूको खतराबाट पहिले नै बँच्न सकिन्छ । आयुर्वेद एक्सपर्ट्सका अनुसार, दैनिक रुटिनमा अपनाउनुपर्ने आयुर्वेदिक केही आवश्यक नियमहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।

सधैँ स्वस्थ रहने आयुर्वेदिक ९ नियम

१-दिनभरी पुरा फोक्सो फुलाएर श्वास लिनुहोस् । यसो गर्दा शरीरमा अक्सीजनको मात्रा बढ्छ र साथै फोक्सो स्वस्थ रहन्छ ।

२-दिनहुँ एक-दुई गिलास मनतातो पानी पिउनुहोस् । यसले डाइजेशनमा सुधार ल्याउँछ र मुटु रोगको खतरालाई कम गर्छ ।

३-दिनहुँ बिहान नास्ता ७ देखि ९ बजेको बीचमा गर्नुहोस् । यसले ब्रेन सक्रिय राख्न मद्दत गर्छ र इनर्जीको स्तर बनिरहन्छ ।

४-दिनहुँ सही समयमा खाना खानुहोस् । खानामा एक पटकमा एकै किसिमको चीज समावेश गर्नुहोस् । विभिन्न चीजहरू मिक्स गरे खानुहुँदैन ।

५-खाना खाईसकेपछी लगभग ४० मिनेट सम्म पानी पिउनु हुँदैन । यसरी खाँदा डाइजेशन सही तरिकाले हुन्छ ।

६-खाना पश्चात तुरुन्त बढी मेहेनतको काम र नुहाउनु हुँदैन ।

७-दिनहुँ ३० मिनेट घामको प्रकाश तापेर बस्नुहोस् । यसले शरीरलाई भिटामिन डी प्रदान गर्छ र दुखाई कम हुन्छ ।

८-दिनभरी ढाडको आसन सही राख्नुहोस् । यसो गर्दा ब्याक पेनको समस्या हुँदैन ।

९-दिनहुँ ८ देखि ९ घण्टाको निन्द्रा अवश्य लिनुहोस् । बेडरुममा हावाको लागि सही भेन्टिलेशन वा फ्यानको प्रयोग गर्न सकिन्छ ।  

तपाईको प्रतिक्रिया