अधिवक्ता सुजित के.सी राजा विरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा हुन् । राजा महेन्द्रको जेष्ठ पुत्रको रुपमा जन्मिएका राजा विरेन्द्रले राजा महेन्द्रको शासनकालको राम्रै अनुभव पाएका थिए । देश विदेशी हस्तक्षेप र प्रभावबाट ग्रसित अवस्थामा राजा महेन्द्रले खेलेको महत्वपूर्ण भूमिका नजिकबाट नियालेका उनी अत्यन्त भावुक र नेपाली जनताबाट माया पाएका १२ औं शाह वंशीय राजा थिए ।

वि.सं २०२८ मा राजा महेन्द्रको निधन भएपश्चात राजा बनेका विरेन्द्रले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन अवस्थामा नेपालको भूमि प्रयोग गरि दलाई लामाको खम्पा विद्रोहले चीनको तिब्बत टुक्राउन सशस्त्र द्धन्द नै शुरु गरेको थियो । राजा विरेन्द्रले उक्त विद्रोहले नेपालको सुरक्षा व्यवस्था समेतलाई खलल पु¥याउने बुझि नेपाली सेनालाई विद्रोह जबाउन निर्देशन समेत दिएका थिए । विद्रोह नदबाएसम्म राज्यभिेषक समेत नगर्ने अडानका कारण नेपाली सेनाले उक्त विद्रोहलाई तत्काल जबाएको थियो । खम्पो विद्रोह नेपाली सेनाले नदबाएको भए नेपालमा चिनिया सेना प्रवेश गर्नबाट कसैले राक्न सक्दैन थियो । राजा विरेन्द्र विदेशी कुटनिति प्रति सधै चनाखो थिए । ईन्डियाको नेपालप्रतिको निति प्रष्ट बुझेका राजा विरेन्द्रले वि.सं २०४७ सालमा पनि सार्वभौमसत्ताको रक्षार्थ महत्वपूर्ण योगदान पुराए । ईन्डियाले राजालाई नेपालको विदेश निति र सुरक्षा आफूलाई सुम्पिए पञ्चायत बचाउने प्रस्ताव राखेको थियो । तर राजाले नेपालको सार्वभौमसत्ता विदेशीलाई सुम्पिनु भन्दा जनतालाई सुम्पिनु राष्ट्रिय हितमा बुझि नेपालमा बहुदलीय व्यवस्था स्थापना गराएका थिए र जनताको ईच्छा र चहाना बमोजिम संबैधानिक राजा बन्न स्वीकारे । ईन्डियाको नेपालप्रतिको कुदृष्टि र पश्चिमाहरुको नेपाल नितिलाई प्रष्ट बुझेका राजा विरेन्द्रले नेपालको सार्वभौमसत्ता रक्षाको लागि नेपाललाई शान्ति क्षेत्र घोषण गर्नुपर्ने अभियान चलाए । उक्त अभियानलाई धेरै मुलुकले स्वीकारेता पनि ईन्डियाले शान्ति क्षेत्रको अभियानको खुलेर विरोध गरेको थियो । सायद राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषण गर्न सफल भएका भए नेपालमा सशस्त द्धन्द हुने थिएन होला । जसले जीवन रहेसम्म शान्ति चाँहे उनकै षड्यन्त्र पूर्वक हत्या गरियो । नेपालको भूराजनिति बुझेका उनले चीन र इन्डिया दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउने गर्थे ।

राजा विरेन्द्रले तराईमा बढ्दो आप्रवासीहरुको प्रवेशलाई समेत बुझेका थिए । डा. हर्क गुरुङको नेपालमा भारतीय आप्रवासी सम्बन्धि प्रतिवेदन अध्ययन समेत गरेका राजाले विदेशीलाई नागरिकता दिने उदेश्यले बनाईएको नागरिकता सम्बन्धि विधेयकलाई पास हुनबाट राकेका थियो । तर नेपालमा गणतन्त्र स्थापन भए पश्चात कांग्रेस र कम्युनिष्टले ईन्डिया कै दबाबमा नागरिकता ऐन २०६३ संसदबाट अनुमोदन गराएका थिए । नेपालमा हालसम्म झण्डै ४० लाख भन्दा धेरै भारतीयहरुले नागरिकता लिई सकेका छन् । तराई र राष्ट्रिय राजनितिमा समेत आप्रवासीहरुको प्रभाव प्रष्ट देखिन्छ । सायद राजा विरेन्द्र जिवित भएको भए आज देशमा अन्यौलता र संक्रमणता आउने थिएन । गणतन्त्रको नाऊँमा राजनितिक चरखेल र हस्तक्षेप बढ्ने थिएन् ।

नेपाल आज धर्म निरिपेक्ष र गणतान्त्रिक संघीय मुलुक बनेको छ । विदेशी हस्तक्षेप र प्रभावले जनताको आस्थाको केन्द्र राजसंस्था र हिन्दु धर्म माथी धावा बोल्ने काम भएको छ । सदभाव पूर्ण मुलुकमा आज दोहेश र घृणा फैलाउने काम भएको छ । विभिन्न जात, धर्म र क्षेत्रका जनताबीच फुट ल्याई राजनिति गरिदैछ । कुनै पनि क्षेत्र राजनितिबाट अलग छैन् । जनता राजनितिक अवस्थाबाट निराश छन् । कुनै पनि दललाई विश्वास गर्न सक्ने अवस्था छैन् । यिनै भएका राजनितिक दलका क्रियाकलापकै कारण देशमा माओवादी सशस्त्र आन्दोलन समेत शुरु भयो । १४ हजार जनता मार्ने मर्ने काम भयो । बुद्ध जन्मिएको देशमा अराजकता फैलियो । आज माओवादी समेत राजनितिको मुलधारमा आएको अवस्था छ । तर यिनहरु प्नि विदेशीको प्रभावबाट अलग छैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको लामो समय भई सक्दा समेत राष्ट्रियसभा गठन र सरकार निर्माणको प्रक्रिया शुरु हुन सकेको छैन् । नेपालको राजनितिमा विदेशीसँग सल्लाह नगरि कुनै पनि कार्य नगर्ने मानसिकताको विकास भएको छ । धर्म परिवर्तनको नाऊँमा नेपालीको अस्तित्वमा नै खतरामा पुराउने कार्य हुँदैछ । र आज नेपाल एउटा पनि त्यस्तो निकाय छैन् जसले जनताको भावनालाई बुझोस् । जनताको पिर मर्का आस्थाको केन्द्र नहुँदा नेपालले अभिभावकको अभाव महसुुस गरेको पाईन्छ । आज नेपालको राजसंस्थाको अन्त्य भईसक्दा पनि राजा विरेन्द्रको योगदानलाई स्मरण गर्दा नेपालमा राजा आवश्यक छ भन्ने बुझ्न सकिन्छ । उनले नेपालको धर्म परम्परा र चाडपर्वलाई सधै संरक्षण र सम्वद्र्धन गर्ने काम गरे । तसर्थ नेपाली जनताको मन र मस्तिष्कमा राजा विरेन्द्र सधै अमर रहनेछन् ।

तपाईको प्रतिक्रिया