थाइल्याण्डमा जन्मिएकी एक विभत्स बालिकालाई एकजना दयालु बौद्ध भिक्षुले आफ्नो जिम्मा लिएका छन् । आँखा नदेख्ने र खप्पर नभएकी ती बालिकालाई भिक्षु भिनले आफ्नो फाउन्डेसनको कोषबाट तथा व्यक्तिगत सहायताबाट दुई लाख थाई भाट बालिकाको उपचारका निम्ति खर्च गर्ने र जिम्मा लिने बताएका हुन् । थाइल्याण्डको सायाबुरीमा जन्मेकी बालिका अहिले आठ महिनाकी भईन् । उनलाई पाइपको सहायताले दूध खुवाउनुपर्छ । आर्थिक स्थिति नाजुक भएको परिवारमा जन्मिएकी उनको तस्विर फेसबुकमा देखेपछि भिक्षु भिन र उनको फाउन्डेसनले जिम्मा लिने घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया