एजेन्सी । श्रीमान् र श्रीमतीबिचको सम्बन्ध यति नजिकको मानिन्छ जुन बाँचुन्जेली एक पलका लागी पनि छुट्नु हुँदैन । तर भारतको हिमाञ्चल प्रदेशस्थित कूल्लुको पिणी गाउँमा भने त्यहाँका स्थानीय पति पत्निहरु ५ दिनका लागी पति पत्निलाई समेत चिन्दैनन् ।

चाहे ति नवविवाहित दम्पती हुन् वा वर्षैदेखि सम्बन्धमा रहेका श्रीमान् श्रीमती हुन् प्रत्येक वर्षको भदौ महिनाका ५ दिन कालो महिना मनाइन्छ । उक्त समयमा ५ दिन लोग्ने स्वास्नीले एक अर्कालाई नचिनेको जस्तो व्यवहार देखाउनुपर्छ ।

उक्त समयमा एकदमै अन्जान तथा अपरिचित जस्तै व्यवहार गर्छन् । उक्त समयमा महिलाहरु निकै राम्रा राम्रा कपडा लगाउँछन् । स्थानीयहरका अनुसार यो संस्कार नमान्ने महिलाको घरमा कुनै अशुभ घटना हुने अन्धविश्वास वर्षौदेखि उक्त गाउँमा चल्दै आएको छ ।

तपाईको प्रतिक्रिया