एजेन्सी । तस्विरमा देखिएकी यि महिला झट्ट हेर्दा नग्न अवस्थामा कुनै अप्ठ्यारो परेर पल्टिएको देखिए पनि एक अभियानका क्रममा उनले मांसाहारीको बिरोध गरिरहेकी थिइन् । नग्न भएर सडकमा सुतेकी उनी बेलायतको लिभरपुलको दृश्य हो ।

ति महिला सुतेको स्थानमा केही तरकारीहरु पनि राखिएको छ । जसले शाकाहारी बन्नका लागि आग्रह गर्दै केही सन्देश पनि उक्त स्थानमा लेखिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

मानिसहरुलाई मासुको साटो सागपात खान अपिल गरिएको थियो र मानिसहरुलाई क्रिसमसमा मासु नखान अपिल गरिएको पम्पप्लेट समेत उक्त स्थानमा राखिएको देख्न सकिन्छ ।

मानिसहरुलाई शाकाहारी बन्नका लागी गरिएको यो एक अभियानको भएको र चाडपर्वका बेला मानिसहरुले सबैकुरा बिर्सेर मोज मस्ती र रमाइलोका नाममा हिंस्रक बन्दै हिंसा गर्न सक्ने भन्दै उनले सचेत गराइरहेकी छिन् । ति शिक्षत महिलाको धेरैले प्रशंशा समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया