एजेन्सी । पहिलो फिल्म ‘ट्यूबलाइट’ नचलेपछि यस वर्ष दोस्रो फिल्म ‘टाइगर जिन्दा हे’बाट दमदार प्रस्तुतीका साथ आउँदैछन् बलिउड सुपरस्टार सलमान खान । यो सिक्वेल यस वर्षको सबैभन्दा हिट सावित हुने विश्लेषकहरु बताइरहेका बेला सलमान आफ्नी पूर्व प्रेमीका क्याट्रिनाका साथ फेरी एकसाथ पर्दामा देखिन लागेका हुन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुँदैछ भने यसको केही दिन अघि देखि नै एडभान्स बुकिङ सुरु भइसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।
फिल्म क्र‍िटिक तरण आदर्शले ट्विटरमा लेखेका छन्, ‘‘टाइगर जिन्दा हे’को धमाका सुरु भएको छ । फिल्मको एडभान्स बुकिङ सुरु भएको छ ।’ नेपालमा पनि मंगलवारबाट फिल्मको एडभान्स बुकिङ ओपन भइसकेको छ । सलमानको फिल्म र ईदको सार्वजनिक विदा भएका कारण मल्टिप्लेक्सका मालिकहरुले टिकटको मूल्य ह्वात्तै बढाएका छन् । धेरै सिनेमाघरमा फिल्मको टिकट मूल्य १ हजारदेखि २५ सयसम्म छ भने न्यूनतम टिकट मूल्य २ सय रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया