एजेन्सी- सानो छँदा अण्डाका तन्तुलाई निकालेर चिस्याएकी एक महिला आमा बन्न सफल भएकी छिन्। रोगका कारण किशोरी अवस्थामा पुग्नुअघि चिस्याइएको अण्डाबाट बच्चा जन्मिएको हो। २६ वर्षीया मोअजा अल मात्रोशी अण्डा चिस्याएर बच्चा जन्माउने पहिलो युवती हुन्। उनले बेलायतको पोर्टल्यान्ड अस्पतालमा बुधबार बच्चा जन्माएकी हुन्।

‘यो एउटा चमत्कार जस्तै हो,’ उनको उपचारमा संलग्न चिकित्सकहरुले भने, ‘अण्डा चिस्याएर बच्चा जन्माउने प्रविधिबारे हामीले लामो समयदेखि पर्खिएका थियौं।’ उपचारमा संलग्न डा. सारा म्याथुजले अन्य महिलामा पनि यस्तो प्रविधि लागू गर्न सकिने बताइन्। ‘यो ठूलो प्रगति हो। अण्डाको तन्तु प्रत्यारोपणले पाका महिलालाई काम गर्छ। तर, बालिकाको चिस्याएको अण्डााले पनि काम गर्छ भन्ने विषयमा हामीले कहिल्यै प्रयोग गरेका थिएनौं,’ उनले भनिन्। क्यान्सर, रगत लगायत समस्याका कारण आमा बन्ने सम्भावना गुमाएका असंख्य किशोरी र युवतीलाई पछिल्लो सफलताले नयाँ आशा दिएको चिकित्सकहरुले बताएका छन्।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

दुवईमा जन्मिएकी मोआजा ब्लड डिसअर्डरको समस्याबाट पीडित थिइन्। केमोथेरापी दिनुअघि उनको अण्डा निकालिएको थियो। आफ्नै दाजुबाट बोन म्यारो प्रत्यारोपण भएपछि उनी स्वस्थ बनेकी थिइन्। उनको उपचार हुनुभन्दा अगाडि (९ वर्ष पुग्दा) दायाँ अण्डा निकालेर चिस्याइएको थियो। अण्डाको टुक्रालाई माइनस १९६ डिग्री सेल्सियसमा चिस्याएर तरल नाइट्रोजनमुनि भण्डारण गरिएको थियो। तस्विरः बीबीसी

तपाईको प्रतिक्रिया