एजेन्सी । सन्नी लियोनी पछिल्लो समय विभिन्न कारणले चर्चामा छिन् । यतिबेला सन्नी बैंगोलरमा हुने कार्यक्रमका कारण फेरी एक पटक मिडियामा छाएकी छिन् । पूर्व पोर्नस्टारको पगरी गुथेकी यि हट नग्न स्टार सन्नीको कार्यक्रम रोक्नु पर्ने मागसहित भारतको बैंगोलरमा सामूहिक आत्मदाहको चेतावी दिएपछि उनी आफ्नो चलचित्र करियरकै सबैभन्दा अप्ठ्यारो मोडमा रहेको भन्दै भारतीय मिडियाले विशेष प्राथमिकता दिएर समाचार छापेका छन् । भारतिय मिडियाका अनुसार सन्नी सहभागी हुने ‘न्यू इयर इभ’ कार्यक्रम रोक्नुपर्ने मागसहित कार्यक्रम नरोके सामूहिक आत्मदाह गर्ने चेतावनी दिइएको छ । उक्त कार्यक्रम डिसेम्बर ३१ मा हुने बताइएको छ ।

स्रोतका अनुसार उनको विशेष प्रस्तुति रहने भनिएको सो कार्यक्रम रद्द गर्नुपर्ने भन्दै विरोधमा उत्रिएको प्रो कन्नड ग्रुप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ ले १५ वटा जिल्लामा विरोध प्रदर्शन गरिरहेको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया