काफ मांशपेशी (Calf Muscle) मा दुखाई हुनु दौडने मानिसका लागी एक सामान्य समस्या हो यसको केही मुख्य कारण जस्तै:- अधिक कसरत गर्नु, गह्रौ वजन उठाउनु, सिंढी चढ्नु आदि हुन । काफ मांशपेशीको दुखाई कम गर्न र यसबाट बँच्नको लागी केही घरेलू उपचार यस्ता छन् ।

-यदी कसरत वा कुनै काम गर्दा तपाईको मांशपेशीमा दुखाई भएमा यसलाई तुरुन्त रोक्नु पर्दछ । आफ्नो मांशपेशीमा थप दबाब दिनुहुँदैन किनभने यसले यी मांशपेशीमा गम्भीर चोट लाग्न सक्छ ।

-दुख्ने काफ मांशपेशीमा बरफ र मनतातो पानीको बोतलले शिथिलता दिने कोशिस गर्नुपर्दछ । बरफ लगाउनाले मांशपेशीमा भैरहेको सूजनलाई कम गर्छ ।

-निर्जलीकरण र शरीर देखि खनिजको नोक्सान काफ मांशपेशी दुख्ने मुख्य कारण हो । यसकारण तपाईले तरल पदार्थको अधिक सेवन गर्नुपर्दछ ।

-तपाई आफ्नो काफ मांशपेशीलाई उठाएर राख्नुहोस् । तपाईले एक तकिया वा बक्सको प्रयोग यसलाई माथि राख्नको लागी गर्न सक्नुहुन्छ । यसले तपाईको काफ मांशपेशी दुख्ने र सुन्निने समस्याबाट आराम मिल्ने र तपाईलाई सक्रिय राख्छ ।

-दुखाई भैरहेको काफ मांशपेशीमा एक मलमले मसाज पनि गर्न सकिन्छ ।

-आहारको सेवन काफ मांशपेशीको उपचारमा महत्वपूर्ण उपयोगी सावित हुन्छ । आहारमा ताजा फल र हरियो साग-सब्जीको प्रयाप्त प्रयोग गर्नुहोस् किनभने यसमा आवश्यक पोषक तत्व पाइन्छ । जुन यसको उपचारमा लाभदायक हुन्छ ।

-सहि फुटवेअरको प्रयोग ध्यान दिनुपर्दछ किनभने यसले तपाईको खुट्टालाई आराम दिन्छ । दुख्ने काफ मांशपेशीको लागी स्ट्रेचिङ्ग गर्नाले पनि आराम मिल्छ ।

तपाईको प्रतिक्रिया