हड्डीहरू हाम्रो शरीरको ढाँचा हो र यसैबाट हाम्रो शरीर संचालन हुन्छ । हाम्रो शारिरमा कुल २०६ हड्डी हुन्छ हुन्छ । हाम्रो दैनिक जीवनशैलीको कारणले यसमा विभिन्न दुखाई वा समस्या हुनसक्छ । केही प्राकृतिक उपाय अपनाई हामी यस दुखाईबाट आराम पाउन सक्छौँ ।

हड्डी वा जोर्नीमा कुनै पनि प्रकारको विकारको कारण हड्डीहरू दुख्ने र सुन्निने समस्या उत्पन्न हुन्छ । जोर्नीमा दुखाई हुने अन्य कारणहरू पनि हुने गर्छ, जस्तै जोर्नीमा यूरिक एसिडको एकै ठाउँमा जम्मा हुनु, कहिले काहीँ दुखाई अनुवांशिक कारणले हुने र कहिले काहीँ कमजोरीले पनि हुने गर्छ । चिसो लाग्नाले कार्टिलेज मा रहेको तरल पदार्थ सुख्खा हुँदा  हड्डीमा हुने घर्षणले पनि दुख्ने हुन्छ ।

शारीरिक रूपमा जो मानिस मोटो छ वा जसलाई कब्जियतको समस्या छ भने उनीहरूलाई पनि जोर्नी दुख्ने समस्याबाट पीडित हुनुपर्ने अवस्था आउँछ । प्राकृतिक चिकित्साको माध्यमले यस दुखाईबाट आराम पाउन सकिन्छ । यदी तपाई पनि जोर्नीको दुखाईबाट पीडित हुनुहुन्छ भने यी प्राकृतिक उपाय अपनाउनुहोस् ।

जोर्नीको दुखाईबाट छुटकारा मिल्ने प्राकृतिक उपाय:-

-जोर्नीको दुखाईबाट आराम पाउन रोगीले सधैँ मनतातो पानीले नुहाउनु पर्दछ ।

-कब्जियतको समस्या उत्पन्न नगर्ने आहारको सेवन गर्नुपर्दछ ।

-फास्ट फूड र तेलमा तारेको आहारको सेवन कम गर्नुहोस् ।

-पाचन क्रियालाई सन्तुलित राख तपाई त्रिफला चुर्णको प्रयोग गर्न सक्नुहुन्छ ।

-हरेक दिन बिहान-साँझ  १५ मिनेट मनतातो पानीमा खुट्टा राख्नुहोस् तर ध्यान रहोस् कि खुट्टामा हावा लाग्नु हुँदैन ।

-यस रोगको उपचारको लागी तुलसी निकै उपयोगी भूमिका निभाउँछ किनभने तुलसीमा हावाको विकारलाई हटाउने प्राकृतिक गुण हुन्छ । तुलसीको तेल बनाएर दुखेको ठाउँमा लगाउनाले तुरुन्त आराम मिल्छ ।

-धेरै समस्या भएमा नुन र मनतातो पानीको मिश्रणले सेक्नु पर्छ वा हल्का मनतातो सर्सौको तेलले मसाज गर्नुपर्छ ।

-अर्सी, तिल र सर्सौको तेललाई मिलाएर मनतातो गरि मसाज गर्नुहोस् ।

जोर्नीको दुखाईबाट बँच्न यी बानीबाट टाढा रहनुपर्दछ:-

-चिसो मौसममा चिसो ठाउँमा बस्नु हुँदैन र अधिक समयसम्म स्नान गर्नुहुँदैन ।

-अधिक बोसोयुक्त आहारको सेवन गर्नुहुँदैन ।

-वजन नियन्त्रण राख्नुहोस् ।

-आलू, चामल, राज्मा, दही, छोले र रक्सीको सेवन गर्नुहुँदैन ।

-भोजनमा खट्टो फलको सेवन गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया