काबुल, २ पुस -अफगानिस्तानमा शनिबार छ जना बालबालिका बमको निशानामा परेका छन् ।कान्दहार प्रान्तको शाह बालिकोट जिल्लामा भएको बम विस्फोटनमा परी छ जना बालबालिका गम्भीररुपमा घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

स्थानीय टोलो टेलिभिजन च्यानलले जनाएअनुसार घाइते बालबालिकामध्ये चार जना बालिका र दुइ बालक रहेका छन् ।यसअघि पनि गत महिनामात्र सोही क्षेत्रमा बम विस्फोटमा परी चार जना बालबालिका मारिएका थिए ।

तपाईको प्रतिक्रिया