काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ तर्फ पनि एमाले मुलुककै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसछ । काँग्रेसले ३० लाख ५९ हजार ५५४ मत प्राप्त गरेको छ भने तेस्रो पार्टी बनेको माओवादीले भने जम्मा १२ लाख ७३ हजार ३४३ मत प्राप्त गरेको छ ।

त्यसैगरी चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले चार लाख ४६ हजार ७८९, विवेकशील साझाले दुई लाख ११ हजार ४६४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एक लाख ९३ हजार ८६१, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४६९, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ६८० र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया