नवलपरासी : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली काँग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी डा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद व्यक्त गर्दै यस्तो विचार राख्नुभएको हो ।

नेपाली काँग्रेस समृद्ध राष्ट्रको पक्षमा रहेको र काँग्रेसले प्रतिपक्षमा बसेर सकारात्मक भूमिका खेल्ने कोइरालाले उल्लेख गर्नुभयो । सिटमा तलमाथि भए पनि विचार र सिद्धान्तमा नेपाली काँग्रेस नम्बर वान पार्टी भएको उहाँले दाबी गर्नुभयो । देशभर काँग्रेसका शुभेच्छुक बढिरहेको समानुपातिक मतगणनाले पुष्टि गरेको कोइरालाको भनाइ रहेको छ ।

प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले विगतमा नवलपुर क्षेत्रमा आफ्नो उपस्थिति कम भएको स्वीकार गर्दै अब समयसमयमा जनताका माझ आइरहने प्रबिद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया