पित्त–पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रुपमा हुने देखिएको छ । पित्त–पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो हुन्छ । तर आयुर्वेद उपचार पद्धति औषधिको प्रयोगबाट सरल तरिकाले ठीक हुन्छ ।

लोकगायिका चन्द्रकला शाह पित्त–पत्थरको उपचारका लागि आफूलाई आयुर्वेद उपचार ठीक लागेको अनुभव सुनाउनुहुन्छ । “शल्यक्रियाजस्तो पीडा पनि नहुने, खर्च बढी पनि नहुने, औषधि खाएर ठीक हुन्छ ।” गायिका शाहले २०५६ सालमा ललितपुरको कुपण्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधि दुई महिना प्रयोग गरेपछि ठीक भएको थियो ।

लोकगायिका शाहले जस्तै सोलुखोम्बुकी पूर्वमहिला विकास अधिकृत मीना दाहाल कार्कीले आयुर्वेद औषधि खाएर पित्त–पत्थर ठीक भएको हो । “अस्पतालमा शल्यक्रिया गर्नुपर्छ भनेपछि मलाई निकै डर लाग्यो, पछि आयुर्वेदिक औषधि खाएर ठीक भयो”–उहाँले थन्नुभयो ।

ललितपुर हात्तीवनका पृथ्वीमान रानामगरलाई पनि आयुर्वेदीय उपचार पद्धति ठीक लाग्छ । उहाँलाई धेरै अस्पतालले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । तर उहाँले आयुर्वेद औषधि दुई महिना खाएर ठीक भयो । “शल्यक्रिया धेरै पीडादायी र खर्च पनि धेरै लाग्ने हुन्छ, तर आयुर्वेद उपचारबाट औषधि खाएर ठीक हुन्छ, म ठीक छु, खुसी लाग्छ”–उहाँले थप्नुभयो ।

अल्ट्रासाउन्ड गरेर पित्त–पत्थर भएको थाहा भएपछि दुई महिना आयुर्वेर्दिक औषधिको सेवनपछि ठीक हुन्छ । वैद्य राउतले भन्नुभयो, “पित्त–पत्थर भएको पुष्टि भएपछि दुई महिना औषधि खाँदा ठीक हुन्छ, अलि कडा भए केही समय थप गर्नुपर्छ ।” पित्त–पत्थरको उपचार गर्न शल्यक्रिया गर्न पर्दैन । शल्यक्रियाबाट यो महँगो र पीडादायी हुन्छ । विश्वमा बर्सेनि पित्त–पत्थरका कारण धेरैको अकालमै मृृत्यु हुने गरेको छ ।

अल्ट्रासाउन्ड मेसिनको आविष्कारपछि पित्त–थैलीमा पत्थर हुने कुरा पत्ता लाग्न थाल्योे । आफूलाई शङ्का लाग्ने बित्तिकै अल्ट्रासाउन्ड गरेपछि थाहा पाउन सकिन्छ । आयुर्वेदको विद्यार्थी (अनुसन्धानकर्ता)का नाताले वैद्य राउतले थप्नुभयो, “पित्त–पत्थर पत्थरीलाई ठोस पदार्थ भएको हुँदा पत्थरी भनिए तापनि वगर वा पहराको जस्तो पत्थर होइन, कानेगुजी वा चकलेटजस्तो भएको हुनाले आयुर्वेद उपचारपछि त्यो बिलाएर नाश हुन्छ ।”

शरीरमा हरेक अङ्गको ओरालो नली हुन्छ । तर पित्तको नली उकालो हुन्छ । कलेजोसँग माथि फर्केर टाँसिएर रहेको हुन्छ । ठोस नै निस्केर जाने कुनै अवस्था हुँदैन । आर्युवेदीय विधि र सचेतनाद्वारा ठोस वस्तुलाई विलीन प्रक्रियाद्वारा यसको समाधान गरिन्छ । बिलाएपछि पित्तरसजस्तै हुन्छ । रस निस्कने बाटो हुन्छ, तर ठोस निस्कने बाटो हुँदैन ।

वैद्य राउतले आयुर्वेदको खोजअनुसन्धान गर्ने क्रममा विसं २०४६÷०४७ सालतिर विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि पित्त–पत्थर बिलाउने विधिको विकास गरी नेपाली नागरिकलाई बिनाशल्यक्रिया समाधान गरी सेवा गर्दै आउनुभएको छ । बैद्य राउतले थप्नुभयो, “२५ वर्षदेखि पित्त–पत्थरको उपचार गरेको छु, निरन्तर सेवामा छु, पित्तले पाचन प्रक्रियालाई सदाबहार र स्वच्छ जीवन जीउन धेरै सहयोग पु¥याउँछ ।”

पित्त–पत्थरको उपचार गर्न जति आयुर्वेदीय पद्धतिबाट सहज छ त्यति शल्यक्रियाबाट हुँदैन । “शल्यक्रियापछि पाचन प्रक्रिया कमजोर भएर सदा रोगी जीवन जिउनुपर्ने हुन्छ, त्यो पीडा शल्यक्रिया गर्नेले महसुस गरेका छन्”–उहाँले जोड्नुभयो ।

यसका बिरामीलाई आयुर्वेद औषधि पहिलो चरणमा दुई महिनाका लागि रु १० हजार पर्छ । धेरैजसो व्यक्तिलाई पहिलो चरणको औषधिबाट नै ठीक हुन्छ । पत्थर निकै कडा भएर तरल नभएको अवस्थामा दोस्रो चरणमा पनि औषधि खानुपर्ने हुन्छ । दोस्रो चरणबाट क्रमशः पहिलेको आधा अर्थात् रु पाँच हजार मात्र लाग्छ ।

कहिलेकाहीँ पित्त–पत्थरको शल्यक्रियापछि पोस्ट अपरेटिभ क्यान्सर भएर अकालमै ज्यान गुमाएका छन् । मानव जीवनको महत्वपूर्ण धन स्वास्थ्य नै भएको हुँदा आर्युर्वेदीय उपचारपद्धति निकै राम्रो मानिन्छ । आयुर्वेद नेपालको मातृभूमिको उपज हो । पश्चिमा मुलुक आयुर्वेदको खोजीमा हिँडेका छन् तर नेपालमा आयुर्वेद विस्थापित हुँदै गइरहेको छ ।

पित्त–पत्थरका लक्षणहरु पेट दुख्ने, कोखी दुख्ने भनिए तापनि यो मौन समस्या हो । तत्काल यसको असर देखिँदैन । पित्त–पत्थर के कारणले हुन्छ भन्ने हालसम्म वरिष्ठ वैज्ञानिकले पनि ठोकुवा गरेर भन्न सकेका छैनन् ।

आहारविहारमा हुने अनावश्यक केमिकलले जमेर ठोस बन्छ । अनि पित्त–पत्थर हुने देखिएको छ । पित्त–थैली भनेको प्रकृतिले भरिदिएको औषधालयको थैली हो जसले पाचनप्रक्रियामा मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया