आजको व्यस्त जीवनशैलीको कारण मानिसलाई डिप्रेशन एक सामान्य समस्या भैसक्यो । कठिन प्रतिस्पर्धा र व्यस्त जीवनशैलीको कारणले डिप्रेशन रोगीका समस्या थप बढ्दै गएको छ । हुनत, सम्पूर्ण निराश मानिसलाई डिप्रेशन चाँही हुँदैन तर यदी तपाईलाई कुनै पनि काममा मन नलाग्ने, कुनै पनि कुरामा खुशी नहुने र यहाँ सम्म कि दुख पनि महसूस नहुने जस्ता समस्या भएमा तपाई डिप्रेशनका कारण पीडित हुनुहुन्छ ।

डिप्रेशन मानसिक स्वास्थ्यको लागी निकै हानिकारक हुन्छ । यसको कारणले मुटुसँग सम्बन्धित रोगहरू, अन्धोपन र मस्तिष्क सम्बन्धित रोगहरू हुने आशंका बनिरहन्छ ।

यस्तो अवस्थामा डिप्रेशनबाट छुटकारा पाउनका लागि काजुको सेवन अत्यन्तै लाभदायक हुन्छ । काजुलाई भिटामिन बी 12 को राम्रो स्रोत मानिन्छ, जुन तनावलाई कम गर्नका लागि निकै सहयोगी हुन्छ । सेरोटोनिन एक यस्तो रसायन हो, जो हामीलाई खुशी राख्नका लागी निकै आवश्यक हुन्छ ।

यसको साथै काजुमा प्रोटिनको पनि राम्रो मात्रा हुन्छ । यसमा रहेको कपर शरीरको एन्जाइम गतिविधि, हर्मोनको उत्पादन, मस्तिष्कको कार्य आदि नियन्त्रणमा मद्दत गर्छ । खाली पेटमा महको साथमा काजुको सेवनले स्मरण शक्ति पनि बढ्छ ।

तपाईको प्रतिक्रिया